२८ असार २०८३, आइतबार 1783905919
Banner

प्रधानमन्त्री र मन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो भएन, मौका दिनुपर्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र मन्त्रीहरुको राजीनामा संस्कार राम्रो नभएको बताएका छन् ।

शुक्रबार इटालीको रोमबाट फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सुन तस्करीलाई लिएर गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिएकोबारेको जिज्ञासा मेटाउने क्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय राजीनामा माग्ने क्रम बढेको बताउँदै उनले मन्त्रीहरूलाई स्पष्टीकरण राख्ने मौका दिनुपर्ने बताए ।

राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन, स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन,’उनले भने ।