११ कार्तिक २०८१, आइतबार 1730016735
Banner

कोशीमा कांग्रेस र माओवादी मिलेर सरकार बनाउनु भनेको छु : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्दनले आफूले कोशी प्रदेश सरकार निर्माणमा राप्रपाको सहभागिता न्यून रहेको बताएका छन् । सूचनाप्रेससँग कुरा गर्दै उनले सत्ता गठबन्धन दलसँग नियमति छलफल भएपनि अहिले सरकारमा सहभागी हुने सम्भवना न्यून रहेको बताए ।

उनले आफूले भेटमा नेताहरूलाई कांग्रेस र माओवादी मिलनेर सरकार बनाउन भने बताए । उनले भने, ‘मैले सत्ता गठबन्धन दलसँग नियमित जस्तो छलफल गरेको छु, उहाँको जोड राप्रपा सरकारमा सहभागी होस् भन्ने छ तर, मैले कांग्रेस र माओवादी मिलेर सरकार बनाउन भनेको छु ।’

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३ (सभामुख सहित), राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका एक सांसद छन् ।
अहिले प्रतिपक्षमा एमाले र राप्रपा छ । उनीहरूसँग ४६ सिट छ । बहुमतका लागि ४७ सिटको आवश्यकता पर्छ । सत्ता पक्ष र प्रतिपक्ष दुबैसँग ४६ सांसद छन् । सत्तापक्षसँग सभामुख जोड्दा बहुमत पुग्छ तर, अदालतले सभामुखको भूमिकालाई असंवैधानिक भनिसकेको छ ।

सर्वोच्च अदालतले कोशी प्रेदशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रकृया नै गलत भएको फैसला गरेसँगै कोशी सरकार नयाँ गठनको प्रक्रिया सुरु भएको छ । त्यसका लागि कांग्रेस र माओवादीले राप्रपालाई सरकारमा ल्याउन जोड गरिरहेका छन् ।