१० कार्तिक २०८१, शनिबार 1729987627
Banner

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता उद्धव थापाको दाबी

काठमाडौं । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्री पदमा दाबी गर्ने सहमति भएको बताएका छन् ।

उनका अनुसार केही बेरमा प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दैछन् । प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिइसकेका छन् ।

गत असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई उनको पार्टीका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ ।

Tags :