१० कार्तिक २०८१, शनिबार 1730002753
अर्थ

कर्णाली प्रदेश सभामा विद्युतसम्बन्धी विधेयक टेबुल

काठमाडौं । कर्णाली प्रदेश सभामा विद्युतसम्बन्धी विधेयक टेबुल गरिएको छ। मंगलबार बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट मन्त्री कृष्णबहादुर जिसीले सो विधेयक प्रस्तुत गरेका हुन् ।

प्रदेशस्तरमा उपलब्ध जलस्रोतको अधिकतम् प्रयोग गर्दै प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत सेवा उपलब्ध गराउनका लागि कानुन निर्माण गर्ने उद्देश्यका साथ उक्त विधेयक ल्याइएको मन्त्री जिसीले बताए ।

‘प्रदेश स्तरमा उपलब्ध जलस्रोत लगायत नवीकरणीय तथा अन्य उर्जाका स्रोतहरूको दीगो रूपमा अधिकतम् र उचित परिचालनका माध्यमबाट विद्युत उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत सेवा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकाले यो विधेयक ल्याइएको छ,’ उनले भने।

Tags :