७ जेष्ठ २०८३, बिहिबार 1779405741
Banner

संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ ।  संवैधानिक परिषद्को बैठक सुरु भएको छ । 

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

यसअघि, मङ्गलवार बसेको परिषद्को बैठक भने निष्कर्षविहीन टुङ्गिएको थियो । प्रधानन्यायाधीशको नाम सिफारिस बारे दलहरूले सहमति जुटाउन नसक्दा मङ्गलवारको स्थगित भएको बैठक आज पुनः बसेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ ।