२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:34 pm
Banner

झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप

सूचना प्रेस २०८० श्रावण १९ शुक्रबार ००:००, १६:५० बजे १ मिनेट पढाइ

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ ।
झडप के कारणले भएको भन्ने यकिन भएको छैन ।

कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी सुरक्षाकर्मी पनि भित्र पस्न नसकेको अवस्था छ । कैदीबन्दीले प्रहरी र सुरक्षाकर्मी विरुद्ध नारावाजी गरिरहेका छन् ।

झडपका क्रममा पुरुष कारागार भित्र गलागी भइरहेको छ भने कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।