११ कार्तिक २०८१, आइतबार 1730038994
Banner

भारतमा कार दुर्घटना हुँदा नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको मृत्यु

रुपन्देही । बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको सो घटनामा मृत्यु भएको छ ।

यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको बलरामपुरस्थित एकाउन्न भन्ने स्थानमा शनिवार राती भएको दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् । २ परिवारका ६ जनाको निधन भएपछि नेपालगञ्ज बजार शोकमा परेको छ । वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । घटनामा चालक गम्भीर घाइते रहेका छन् ।

बाँकेका एसपी सन्तोषसिंह राठौरले घटनामा ६ जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोष्टमार्टम हुने बताए । पोष्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय गरिरहेको उनले बताए ।