१८ श्रावण २०८३, सोमबार 1785794715
Banner

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार बेलुका ९ः०५ बजे तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्।

गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन्। उनी सामान्य घाइतेकी छन् ।

त्यसवरपर वस्ती नै नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले पुरेको घर कच्ची हो। उनीहरू भिरालो ठाउँमा बनेको टहरामा बसेका थिए । रातको समय भएकाले पहिरोको भेउपनि नपाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतक बाबु–छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।