१२ कार्तिक २०८१, सोमबार 1730096020
Banner

सुन तस्करीको ट्रान्जिट प्वाईन्ट नेपाल बन्दैछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको ट्रान्जिट प्वाईन्ट नेपाल बन्दैगरेको बताएका छन । सुन तस्करीबारे संसदमा जवाफ दिदै मन्त्री श्रेष्ठले अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बनेको बताएका छन् ।

उनले पहिले पनि तस्करी हुँदै आएको भनेर चुप बस्न नसकिने टिप्पणी गरे ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यस प्रकरणबारे सरकारले छानबिन गरिरहेको उल्लेख गरे । उनले भने, ‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौं । अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ। हामीले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ ।’

उनले अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सिआईबीलाई निर्देशन दिएको बताए । उनले भने, को मान्छेलाई तान्ने कसलाई छुट दिने हामी गर्दैनौं । हामी कानूनलाई लागू गर्छौं । प्रमाणको आधारमा अघि बढ्छौं ।’