११ कार्तिक २०८१, आइतबार 1730088623
Banner

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित, भोलि दिउँसो एक बजे बस्ने

काठमाडौं । नेकपा एमालेले फेरि अवरोध गरेपछि आजको संसद बैठक स्थगित भएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो । ‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनााउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो’ एमाले सचेतक महेश बर्तौलाले भने ।

बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।