२७ बैशाख २०८३, आइतबार 1778420379
Banner

प्याब्सनद्वारा विद्यालय शिक्षा विधेयकविरुद्ध प्रदर्शन

काठमाडौं । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । संसदमा दर्ता गर्ने तयारीमा रहेको सो विधेयकको विरोधमा बिहीबार संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले नियोजनमुखी विधेयक तत्काल खारेज हुनुपर्ने, शिक्षामा समान अवसर, अवसरमा समान पहुँच हुनुपर्ने, सामुदायिक शिक्षा सुधार्न र निजी शिक्षा नबिगार्न माग गरिएका लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) ले असन्तुष्टि जनाउँदै आएका छन् ।

विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्नेलगायतका व्यवस्था गरेकामा ती संस्थाको आपत्ति रहेको छ ।

Tags :