काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेकपा एमाले देशका विविध धर्म, जाति र भाषाका पक्षमा दृढतापूर्वक उभिँदै आएको बताएका छन् ।
बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्रीको नाम बिर्से भन्दै प्रधानमन्त्रीकै अभिव्यक्ति ‘ हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु’ सापटी लिएर व्यंग्यसमेत गरे । तर, उनले नाम बिर्से पनि अनुहार झलभली सम्झिरहेको बताए ।
दुई दिन अघि प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए ।