११ कार्तिक २०८१, आइतबार 1730030966
Banner

अवैध संरचना भत्काउन बूनपा र कामनपाको सीमाना पुगेको महानगरको टोली किन ब्याक

काठमाडौं । काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाको सीमानामा पर्ने साततले खहरे किनाराका बस्ती भत्काउन पुगेको काठमाडौं महानगरको टोली ब्याक भएको छ ।

कठमाडौं महानगरका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच खोलाले चर्चेको भाग नापजाँचपछि मात्रै भत्काउने सहमति भएपछि महानगरको टोली फिर्ता भएको हो ।

काठमाडौं महानगर, बूढानीलकण्ठ नगरपालिका र नापी विभागको टोली भएर त्रिपक्षीय रुपमा सो स्थल नापजाँच गर्ने अनिमात्रै भत्काउने सहमति भएको छ ।

महानगरको टोली सीमानामा पर्ने साततले खोलाको सीमानामा रहेका घरटहरा भत्काउन आज त्यसतर्फ गएको थियो । तर, स्थानीयको अवरोधपछि यति लामो समय पर्खेर बसेको हो । यहीबीचमा दुई मेयरबीच छलफल चलिरहेको थियो ।

Tags :