११ कार्तिक २०८१, आइतबार 1730045794
Banner

विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदाको विरोधमा उत्रिएका निजी क्षेत्रका सञ्चालकहरुको आन्दोलन फिर्ता

काठमाडौं । निजी विद्यालय संचालकहरूले आन्दोलन फिर्ता लिएका छन्।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रस्तावित व्यवस्था सच्याउने सहमति भएपछि आन्दोलन फिर्ता लिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले जनाएको छ ।

शिक्षामन्त्री अशोक कुमार राईको उपस्थितिमा शुक्रबार रक्षा मन्त्रालयमा वार्ता चलेको थियो। वार्तामा शिक्षा सचिव,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव,प्याब्सनका महासचिव कटुवाल, सल्लाहकार टिकाराम पुरीलगायत सहभागी थिए।

Tags :