काठमाडौं । सत्तागठबन्धन घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । बैठक केहीबेरअघि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको हो ।
बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयकलगायतमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।
संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक(पटक छलफल गर्दा पनि कुरा मिलेको छैन ।
यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बिहीबार पक्राउ गरेको थियो ।
यस्तै, बैठकमा बाढी पहिला, लम्पी स्किनको महामारी, डेंगु, आँखा पाक्ने रोग, महंगीलगायतको बिषयमा पनि छलफल हुने जनाइएको छ ।