काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन्। अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि आज विहान १० बजे छुटेका हुन्।

उनलाई अध्यागमनले भारतबाट आउने क्रममा शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
रोहन एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका राकेश अडुकियाका छोरा हुन्।
स्रोतका अनुसार रोहनमाथि कुनै कसुर नदेखिएपछि छोडिएको हो।