१० कार्तिक २०८१, शनिबार 1730002118
Banner

बागमती प्रदेशमा भदौ १ गतेदेखि आईसीयु, एनआईसीयू र क्याबिनबाहेक अन्य शय्या निःशुल्क

काठमाडौं । बागमती प्रदेश सरकार अन्तर्गतका १३ सरकारी अस्पतालमा आगामी भदौ १ गतेबाट आईसीयु, एनआईसीयू र क्याबिनबाहेक अन्य शय्यामा बिरामीले निःशुल्क गरेको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गत श्रावण २२ को मन्त्रीस्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरेको हो ।

सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीलाई आर्थिक भारको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भदौ १ गतेबाट १३ जिल्लामा रहेको आयुर्वेदिक अस्पतालबाट निःशुल्क फिजियोथेरापी सेवा सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :