११ कार्तिक २०८१, आइतबार 1730016199
अर्थ

अवैध झन्डै १०० केजी सुन पगाल्न सुरु

काठमाडौं । एयरपोर्टबाट बाहिरिँदै गरेको अवैध झण्डै सय किलो सुन पगाल्न सुरु भएको छ ।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो ।

एक कार्टुनमा २० वटा ब्रेक सु रहेको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार उक्त सुन पगाल्न एक दुई दिन लाग्नेछ ।

सुन पगालेपछि कति परिणाममा सुन छ भन्ने तथ्य बाहिर आउने उनीहरुको भनाइ छ ।

Tags :