११ कार्तिक २०८१, आइतबार 1730016267
Banner

कर लगाएर सुन ल्याउन दिनुपर्छ : सभापति शेरबहादुर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुन तस्करी प्रकरणलाई रोक्न कर लगाएर सुन ल्याउन पाउनुपर्ने बताएका छन् ।

सत्तरुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम सिनामंगल सुन काण्डमा जोडिएर नेपाली कांग्रेसको पनि आलोलना भइरहेका बेला उनले सोमबार संसदीय दलको बैठकमा यस्तो बताएका हुन् ।

जारी कांग्रेस संसदीय दलको बैठकमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रसँगको सहकार्य, सांसद सुनील शर्मा प्रक्राउ प्रकरणलगायत विषयमा बहस भइरहेको छ ।

‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ ।’

सुन तस्करी प्रकरणलाई लिएर कांग्रेस बैठकमा चर्को बहस छ । छानबिनको लागि नेताहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

Tags :