१६ आश्विन २०८३, शुक्रबार 8:14 pm
Banner

सुन तस्करीको छानबिन दबाब र प्रभावमा परेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकको निष्कर्ष

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले सुन तस्करीबारे सीआइबीले गरेको छानबिन दवाव र प्रभावमा भइरहेको निर्णय निकालेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

उच्चस्तरीय छानबिन आयोग गठन गर्नुको विकल्प नभएको निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन जति ढिलो गर्छ उति नै प्रमाणहरु नष्ट हुदै जाने अवस्था देखिएको दाबी समेत गरेको छ ।

‘उच्चस्तरीय न्यायिक छानबिन गठन हुनु अनिवार्य छ । जति ढिलो हुन्छ प्रमाणहरु नष्ट हुनसक्ने स्थिति बन्दै गएकाले जरैसम्म पुगेर यो विषयलाई निर्मुल गर्नुपर्छ’, ज्ञवालीले बैठकपछि भने, ‘अन्यथा अन्तराष्ट्रिय जगतमा नेपालको छवि धुमिल हुनुका साथै राष्ट्रिय सुरक्षामा समेत गम्भीर प्रश्न उठ्नेछ ।’

Tags :