२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:59 pm
समाचार

आज मेघ गर्जन-चट्याङ सहित हल्कादेखि भारी वर्षा हुने

सूचना प्रेस २०८० श्रावण ३१ बुधबार ००:००, ०७:५० बजे १ मिनेट पढाइ

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जन–चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही सबै प्रदेशका पहाडी भूभागको केहि स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ सहितहल्का देखि मध्यम वर्षाको पूर्वानुमान् छ।

राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कोशी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।