१० कार्तिक २०८१, शनिबार 1729995600
समाचार

चितवनमा एकैठाउँ सातवटा सवारीसाधन ठोक्किँदा २० जना घाइते

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौलीमा सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

बुधबार शव बोकेको जिपसहित सातवटा सवारीसाधन एकै ठाउँ ठोक्किँदा सो घटना भएको हो । प्रहरीका अनुसार जसमध्ये सात जनाको अवस्था गम्भीर छ ।

आज बिहान ११:४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा भएको यो दुर्घटनामा १८ जना घाइते भएका र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :