१० कार्तिक २०८१, शनिबार 1729995027
अर्थ

घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँका कारोबार भइरहेको छ ।

बुधबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :