५ भदौ २०८३, शुक्रबार 1787314748
Banner

कोशीका प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छ्न्। काङ्ग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले भदौ ४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने जानकारी दिए।

उनका अनुसार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भइसकेको छ।

थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस २९,नेकपा माओवादी केन्द्रका १३,एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियु्क्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार थापा विश्वासको मत लिन लागेका हुन्।