१० कार्तिक २०८१, शनिबार 1729987555
Banner

लतिला निवासप्रकरणमा टिप्पणी उठाउनेलाई मात्र हत्कडी लगाउन मिल्दैन : कानुनमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले लतिला निवास प्रकरणमा निर्णयको आदेश दिनेलाई छाडेर टिप्पणी उठाउनेलाई हत्कडी लगाउन नमिल्ने बताएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर कर्मचारीहरुलाई सीआईबीले समातेकोतर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी निकट कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुकमा सुशासन स्थापना गर्न भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा प्रस्ट हुन आवश्यक छ ।

जसले टिप्पणी उठाउँछ, तिनका हातमा हतकडी लगाउने र टिप्पणी उठाउन आदेश दिनेहरुलाई तीनै टिप्पणी उठाउनेहरुको हातहरुले फेरि आदेश दिनेहरुलाई सलाम ठोक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ।’

Tags :