११ कार्तिक २०८१, आइतबार 1730016917
Banner

माओवादी केन्द्रीय समितिमा २ जना सदस्य मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा बाबुराम गौतम र अशोक कुमार मण्डल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

केन्द्रीय कार्यालयले गरेको निर्णय अनुसार कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डल केन्द्रीय सदस्य मनोनित भएका हुन् । योसँगै माओवादी केन्द्रीय सदस्यको संख्या ४१० नाघेको छ । यसअघि १० जना महिला मनोनित भएका थिए ।

गौतम र मण्डलाई केन्द्रीय सदस्य बनाएपछि माओवादी केन्द्रमा अहिले ४०९ केन्द्रीय सदस्य पुगेको छ ।

Tags :