७ मंसिर २०८१, शुक्रबार 1732298904
Banner

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुँर्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठविरुद्ध परेका उजुरीमाथि सुनुवाइको तयारी गर्न बैठक बस्न लागेको हो।

बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने संसदीय सुनुवाइ समितिका सदस्य जीवन परियारले जानकारी दिए।

श्रेष्ठविरुद्ध तीन उजुरी परेका छन्। दुई जनाको इमेलबाट र एक जनाको खामबन्दी उजुरी परेको छ। संवैधानिक परिषदबाट सिफारिस भएका श्रेष्ठ अहिले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन्।

संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।