काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले शिर्ष नेताहरुसँग छलफल गर्दैछन् । बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेलाई बोलाईएको छ ।