१० कार्तिक २०८१, शनिबार 1729995645
Banner

सुन तस्करी प्रकरणको अनुसन्धान सीआइबीले नै निष्कर्षमा पुर्याउँछ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआइबीले नै सुन तस्करी प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री(शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यसैगरी उनले सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने विश्वास जनाए । उनले संगठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् ।

‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के(कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुंग्याउँछ’, श्रेष्ठले भने ।

Tags :