२७ बैशाख २०८३, आइतबार 1778415945
Banner

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगीत, भोलि ३ बजे बस्ने

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगीत भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेपनि विशेष कारणले आजको बैठक सरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको थियो। सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले संसद बैठक सञ्चालन गर्न दिन तयार भएको थियो । तर आज बस्ने भनिएको बैठकपनि अन्तिम समयमा स्थगीत भएको छ ।