७ भदौ २०८३, आइतबार 1787498443
Banner

कोशी मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाइँ हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको सन्दर्भमा एमालेका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री थापाद्वारा लिइएको विश्वासको मत सम्बन्धी प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता फेरबदल गरी क्रमैसँग अध्यक्षता ग्रहण गरेका दुवै जनाले पालैपालो मतदान गरेका थिए ।

रिट निवेदक कार्कीले मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै उत्प्रेषणको आदेशमार्फत बदरको माग गरेका छन् ।

Tags :