१० कार्तिक २०८१, शनिबार 1729980744
Banner

सभामुखले तोके संसदीय समितिको नेतृत्व चयनका लागि निर्वाचन मिति

काठमाडौं । सदीय समितिको नेतृत्व निर्वाचनबाट हुने भएको छ । यसअघि सहमतिबाटै नेतृत्व चयनका लागि सभामुख देवराज घिमिरेले दलहरूलाई पटक पटक आग्रह गर्दा पनि चासो नदेखाएपछि निर्वाचन तय भएको हो ।

सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेका लागि निर्वाचन तय भएको छ ।

यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।

सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दा पनि दलहरुले चासो नदेखाएपछि निर्वाचन तोकिएको हो । वैशाख दोस्रो साता समिति गठन भएको थियो ।

Tags :