२७ भदौ २०८३, शनिबार 1789245219
कला/साहित्य

ललितपुरको पाटनमा मनाइयो पञ्चदान पर्व

काठमाडौं । ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ। विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो।

पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्।

नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ। पर्वका अवसरमा भक्तजनहरूले धान, गहुँ, फलफूल, नुन, नगदलगायत दान गर्ने गरिन्छ ।

Tags :