११ कार्तिक २०८१, आइतबार 1730053156
Banner

भदौ १२ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने जानकारी दिएका छन् ।

सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा सो जानकारी दिएका हुन् । प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन् ।

प्रश्न सोध्न चाहने सांसदलाई भदौ ८ गते दिउँसो ३ बजेभित्र प्रतिनिधिसभाका सचिवलाई सूचना दिन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते विहान ११ बजेका लागि बोलाइएको छ ।