२७ भदौ २०८३, शनिबार 1789243645
समाचार

माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास सुविधा

काठमाडौँ– माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउदै आएको यस बैंकले एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस भनी यो सुविधा ल्याएको हो । 

जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा पाउने छन् । 

यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के.ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरूमा अवस्थित १४०० एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरू मा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्रायोरिटी पासले उडान गर्नु अघि,एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजा वा निशुल्क वाईफाई  प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरूसहित लाउन्जको अनुभव प्रदान गर्दछ ।