११ कार्तिक २०८१, आइतबार 1730045025
समाचार

पौडी खेल्ने क्रममा बालकको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । निज बालकलाई अन्दाजी आठ सय मिटर तल भेटिएको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।