२८ भदौ २०८३, आइतबार 1789346845
Banner

संसदीय समितिको सभापतिमा एमालेका पोखरेल र साहले दिए उम्मेदवारी

काठमाडौं-प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिको सभापतिमा सांसदहरूले उम्मेदवारी दिन थालेका छन्। भोलि हुने निर्वाचनका लागि आज मनोनय दर्ता भएको हो।

सार्वजनिक लेखा समितिमा मोरङ-२ बाट निर्वाचित सांसद ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ।

महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराइसक्नु भएको छ। उहाँ रौतहटबाट निर्वाचित सांसद हुन्।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।