८ मंसिर २०८१, शनिबार 1732365969
Banner

अदालतमा सुधारको प्रक्रिया अघि बढेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् ।

सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवातका क्रममा उनले यस्तो बताएका छन् ।

‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार ग¥यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला’, उनले भने ।

पेशी तारिख अब प्रविधिमा आवद्ध भएकाले सुशासन कायम गर्न पनि यसले मद्दत गर्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले स्वचालित पेशी तारिख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको पनि जानकारी दिए ।

Tags :