७ भदौ २०८३, आइतबार 1787500575
Banner

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौँको फोहोर लैजान नदिने घोषणा

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फेरि काठमाडौँको फोहोर लैजाने नदिने घोषणा गरेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी समितलिे आफूहरूको माग पुरा नभएको भन्दै आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोर मैलाका कारण स्थानीय बासिन्दाहरूमा नकारात्मक असर परे पनि सरोकारवाला निकायहरूले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेकाले फोहोर मैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो ।

प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन गरिनुपर्ने उनीहरूको माग छ । प्रदूषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिल साइट अहिलेको निकास भएको सरोकार समितिले बताएको छ ।

सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ ।