११ कार्तिक २०८१, आइतबार 1730045732
समाचार

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ-माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको १४ प्रतिशत (करसहित) लाभांश वितरण गर्न भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत (करसहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गर्ने जनाएको छ ।  

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।