१० कार्तिक २०८१, शनिबार 1730002665
Banner

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :