११ कार्तिक २०८१, आइतबार 1730009430
Banner

एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चामा खटपट

काठमाडौं । एमसीसी कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चामा खटपटी देखिएको छ । जसका कारण आज धनगढीमा हुने भनिएको पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित भएको छ ।

नेकपाका महासचिव एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरु सँगै सभामा जान नसक्ने बताएपछि आजको सो कार्यक्रम स्थगित भएको हो ।

यही क्रममा आजै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र विप्लवबीच भेटघाट भएको थियो ।

आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम थियो ।

Tags :