७ मंसिर २०८१, शुक्रबार 1732334590
Banner

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई बुधवार दिउँसो पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीले जनाएका छन् ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।