१० कार्तिक २०८१, शनिबार 1729995151
Banner

एमाले प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । अधिवेशन आज र भोलि चल्नेछ ।

अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो बुटवल आइपुगेका थिए ।

सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए । आज अधिवेशन उद्घाटन पछि भोलि बन्द सत्र कार्यक्रम रहेको छ।

प्रदेश कमिटीको अध्यक्षका लागि हालका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल आकाङ्क्षीका रूपमा देखिएका छन् ।

Tags :