काठमाडौं । एसिया कपमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
टसमा बोल्दै भारतीय कप्तान रोहित शर्माले आफ्नो टोली चुनौतीको सामना गर्न तयार रहेको बताए । उनले बैंग्लोरमा छ दिनको क्याम्पको आयोजना गरेको जानकारी दिँदै आज के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने जिकिर गरे ।
उता पाकिस्तानका कप्तान बाबर आजमले पनि आजको खेलमा आफूले पहिले ब्याटिङ नै गर्न चाहेको खुलाए । आफूहरूले यहाँ धेरै क्रिकेट खेलेको बताउँदै यहाँको अवस्थाको बारेमा जानकार रहेको बताए ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।