१० कार्तिक २०८१, शनिबार 1729987955
Banner

माओवादीको अभियानप्रति भट्टराईंको व्यंग्य : सयवटा मुसा खाएर बिरालोको तीर्थयात्रा

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको जनतासँग माओवादी अभियानलाई सयवटा मुसा खाएर बिरालोले गरेको् तीर्थयात्राको संज्ञा दिएका छन् ।

हिजोबाट सुरुवात भएको माअवोदीको सो अभियानप्रति लक्षित गर्दै डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।

माओवादीले फेरि जनतासँग जोडिन विशेष अभियान थालेपछि भ्रष्टाचार र अनियततामा अनगिन्ती कीर्तिमान खडा गरेर भ्रम छर्न हिँडेको आरोप लगाए ।

उनले ट्विटरमा लेखेका छन्, ‘सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे१ केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहनरभागबण्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र ?’

माओवादी अहिले भागबण्डा, कमिसनखोरी, शक्ति केन्द्रहरूको दलाली, विचार र नैतिकताबाट पूरै स्खलन र विलासितालगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेको आरोप छ।

Tags :