१० कार्तिक २०८१, शनिबार 1730002349
Banner

यती होल्डिङ्स र वाइडबडीबारे छानबिन गर्न ओलीको चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्सले नेपाल ट्रष्टको जग्गा लिजबारे चाँडो छानबिन गर्न चुनौती दिएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले सरकारलाई यस्तो चुनौती दिएका हन् । ओलीका अनुसार गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको बताए ।

त्यस्तै दरवारमार्गको जग्गा प्रचण्ड प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको र छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको समेत ओलीले बताए ।

ओलीले राष्ट्रिय पूँजीपति र व्यवसायीमाथि सरकारले धावा बोल्न थालेको भन्दै तस्करीमा संलग्न सरकारले गरिव नेपालीले गरिखाएको देख्न नसकेको आरोपसमेत लगाए ।

Tags :