१० कार्तिक २०८१, शनिबार 1730002366
Banner

कोशी सरकारविरुद्धको रिट सोमबार पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध पेस गरिएको रिट सोमबार पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ ।

सभाध्यक्षको प्रयोग गरेर असंवैधानिकरूपमा विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परेपनि पूर्ण इजलासमा लैजान आदेश जारी गरिएको हो ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

Tags :