२७ बैशाख २०८३, आइतबार 1778421263
Banner

कोशी सरकारबिरुद्धको मुद्धामा आज सुनुवाई हुर्दै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो। अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुनेछ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने दाबी कार्कीले रिटमा गरेका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसदमात्र हुने भएपछि ४७ सदस्य पुर्याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्‍राइल मन्सुरीले मतदान गरेका थिए।