८ मंसिर २०८१, शनिबार 1732350756
Banner

वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एकजनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रले अन्दाजी ४० वर्षीय पुरुषको छतबाट हाम फाल्दा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आत्महत्या गरेका पुरुषको शव दाबी गर्न कोही पनि नआएको वीर अस्पतालले जनाएको छ । अहिले सो शव पोस्टमार्टमका लागि पठाइएको छ।
उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।

अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनको उमेर अनुमानित ३५ वर्ष छ । उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल परिचयपत्र केही पनि भेटिएको छैन ।

केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको स्रोतले बतायो । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको छैन ।

उनी अस्पतालभित्र लुकीलुकी छिरेको दृश्य सिसिटिभी फुटेजमा पनि कैद भएको छ ।

Tags :